मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेता बालुवाटारमा
काठमाडौँ । मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । लामो समयदेखि मन्त्रिपरिषद् पुनर्गठनका परामर्श गर्दै आएका नेताहरु निर्णायक छलफल गर्न बालुवाटार पुगेका हुन् ।
बालुवाटार छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता एवम् भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ पुगेका छन् । यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता सरतसिंह भण्डारी,नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी भएका छन् ।
प्रायः सबै मन्त्रालयको भागवण्डा भइसकेपनि एकाध मन्त्रालयमा दोहोरो दाबी परेकाले सहमति हुन सकेको छैन । आज बस्ने बैठकले सबै मन्त्रालयको भागवण्डा टुंगो लगाउने बताइएको छ । यदि शीर्ष नेतृत्व तहमा सहमति भएपनि भोलि मात्रै नयाँ मन्त्रीको शपथ हुन सक्ने सत्ता साझेदार दलका एक नेताले बताए । ‘प्रधानमन्त्रीज्यू चितवन जानुभयो । उतै ढिला भयो धेरै छलफल हुन पाएन’ ती दलका नेताले भने, ‘अहिले छलफल जारी छ । यदि सहमति भएपनि भोलि मात्रै शपथ हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण