शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेता बालुवाटारमा

बिहीबार, १६ चैत २०७९, १७ : ४९
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । लामो समयदेखि मन्त्रिपरिषद् पुनर्गठनका परामर्श गर्दै आएका नेताहरु निर्णायक छलफल गर्न बालुवाटार पुगेका हुन् । 

बालुवाटार छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता एवम् भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ पुगेका छन् । यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता सरतसिंह भण्डारी,नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी भएका छन् । 

प्रायः सबै मन्त्रालयको भागवण्डा भइसकेपनि एकाध मन्त्रालयमा दोहोरो दाबी परेकाले सहमति हुन सकेको छैन । आज बस्ने बैठकले सबै मन्त्रालयको  भागवण्डा टुंगो लगाउने बताइएको छ । यदि शीर्ष नेतृत्व तहमा सहमति भएपनि भोलि मात्रै नयाँ मन्त्रीको शपथ हुन सक्ने सत्ता साझेदार दलका एक नेताले बताए । ‘प्रधानमन्त्रीज्यू चितवन जानुभयो । उतै ढिला भयो धेरै छलफल हुन पाएन’ ती दलका नेताले भने, ‘अहिले छलफल जारी छ । यदि सहमति भएपनि भोलि मात्रै शपथ हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप