अन्तर्राष्ट्रिय विमानस्थलको लोभले पोखरा र लुम्बिनीका होटलहरुमा लगानी गरेका हौं : अध्यक्ष केसी
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपाली हस्पिट्यालिटी इन्ड्रस्टिमा बैंकहरुको ठूलो लगानी फसेको बताएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै केसीले होटल क्षेत्रमा मात्र वाणिज्य बैंकहरुको २ सय अर्ब अर्थात् २ खर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको तर सो लगानी सुरक्षित नै रहेको बताए ।
‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ भन्ने भयो, त्यहाँको होटल क्षेत्रमा लगानी गर्यौ । यस्तै यता पोखरामा पनि अन्तर्राष्ट्रिय विमानस्थल बन्दै थियो, त्यहाँ पनि लगानी गर्यौ । तर, अपेक्षा अनुसार विमानस्थल सञ्चालनमा आउन सकेन । लगानीले छिटो प्रतिफल दिन सकेन’ अध्यक्ष केसीले भने, ‘हामी निराश छैनौं । होटल इन्ड्रस्टिमा गरिएको लगानी कतै जाँदैन, सुरक्षित नै मानेका छौं ।’
पछिल्लो समय व्याप्त आर्थिक संकटकाबीच व्यवसाय ७० प्रतिशतमाथिले घटेको भन्दै होटल तथा पर्यटन व्यवसायीहरुले बैंकको साँवा ब्याज चलाउन नसक्ने बताएका छन् । नेपाल होटल संघ (हान) ले केही दिन अघि मात्र राजधानीमा एक कार्यक्रम गरी संकटपूर्ण अवस्थाका बारेमा सरकारको ध्यानाकर्षण गरेको थियो ।
पछिल्लो समय सबैजसो क्षेत्र समस्यामा परेको बताउँदै अध्यक्ष केसीले व्यावसायिक धैर्यता र संयमितताको आवश्यकता रहेको बताए । बैंकको खराब कर्जा (एनपीएल) दर समेत बढेर २.६९ प्रतिशत पुगिसकेको अवस्थामा यसलाई कम गर्न आफूहरू लागि परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण