अन्तर्राष्ट्रिय विमानस्थलको लोभले पोखरा र लुम्बिनीका होटलहरुमा लगानी गरेका हौं : अध्यक्ष केसी

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपाली हस्पिट्यालिटी इन्ड्रस्टिमा बैंकहरुको ठूलो लगानी फसेको बताएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै केसीले होटल क्षेत्रमा मात्र वाणिज्य बैंकहरुको २ सय अर्ब अर्थात् २ खर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको तर सो लगानी सुरक्षित नै रहेको बताए ।
‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ भन्ने भयो, त्यहाँको होटल क्षेत्रमा लगानी गर्यौ । यस्तै यता पोखरामा पनि अन्तर्राष्ट्रिय विमानस्थल बन्दै थियो, त्यहाँ पनि लगानी गर्यौ । तर, अपेक्षा अनुसार विमानस्थल सञ्चालनमा आउन सकेन । लगानीले छिटो प्रतिफल दिन सकेन’ अध्यक्ष केसीले भने, ‘हामी निराश छैनौं । होटल इन्ड्रस्टिमा गरिएको लगानी कतै जाँदैन, सुरक्षित नै मानेका छौं ।’
पछिल्लो समय व्याप्त आर्थिक संकटकाबीच व्यवसाय ७० प्रतिशतमाथिले घटेको भन्दै होटल तथा पर्यटन व्यवसायीहरुले बैंकको साँवा ब्याज चलाउन नसक्ने बताएका छन् । नेपाल होटल संघ (हान) ले केही दिन अघि मात्र राजधानीमा एक कार्यक्रम गरी संकटपूर्ण अवस्थाका बारेमा सरकारको ध्यानाकर्षण गरेको थियो ।
पछिल्लो समय सबैजसो क्षेत्र समस्यामा परेको बताउँदै अध्यक्ष केसीले व्यावसायिक धैर्यता र संयमितताको आवश्यकता रहेको बताए । बैंकको खराब कर्जा (एनपीएल) दर समेत बढेर २.६९ प्रतिशत पुगिसकेको अवस्थामा यसलाई कम गर्न आफूहरू लागि परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा
-
सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
पङ्गु बनाइयो ‘प्लस टु’
-
‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले
-
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान
-
चम्चा र चक्कुमा लाग्यो खिया ? यी सजिला टिप्स काम लाग्नेछन्