गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै

कास्की । माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आजदेखि सुरु भएको परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिइन् । उनका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६ विद्यार्थीले परीक्षा दिँदैछन् भने ग्रेड वृद्धिको परीक्षा दुई सय ७२ जनाले दिँदैछन् ।
कास्की जिल्लामा यस वर्षको एसइईमा १० हजार चार सय ४२ जना विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्लामा साधारणतर्फ १० हजार एक सय ४३ र प्राविधिकतर्फ दुई सय नौजना विद्यार्थी परीक्षामा सहभागी बन्दैछन् भने ग्रेड वृद्धि परीक्षा दिने ८६ छन् ।
एसइईको पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा सौहार्दपूर्ण रुपमा सञ्चालन भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पङ्गु बनाइयो ‘प्लस टु’
-
‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले
-
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान
-
चम्चा र चक्कुमा लाग्यो खिया ? यी सजिला टिप्स काम लाग्नेछन्
-
भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : मन्त्री साउद
-
बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’