कर्णाली प्रदेश
कर्णालीका मुख्यमन्त्री शर्माले पाए दोस्रोपटक विश्वासको मत
शुक्रबार, १७ चैत २०७९, २२ : ५०
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेसभाको नवौँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् ।
मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ । उनले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गरेका छन् ।
उनलाई माओवादीको १३, कांग्रेसको १४, एमालेको ९, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत प्राप्त भएको छ । यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए । यद्यपि राप्रपाले समर्थन फिर्ता लिएपनि दोस्रो पटक विश्वासको मत लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण