व्यवसायीले राति निदाउन औषधी खानुपर्ने अवस्था छ—पर्यटन व्यवसायी
पोखरा । पोखराका पर्यटन व्यवसायीले बैंकको कर्जाले सताएर राति सुत्न औषधी सेवन गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार पोखरा पर्यटन परिषदद्वारा आयोजित पत्रकार सम्मेलन बोल्दै नेपाल ट्राभल एण्ड टुर एसोसिएसन (नाटा)का अध्यक्ष हरिराम अधिकारीले ब्याज तिर्न नसक्दा औषधी खाएर निदाउनुपर्ने अवस्था रहेको सुनाए ।
बैंकको किस्ता र ब्याजले सताइरहेको अवस्थामा सरकारले कुनै पनि पहलकदमी नलिएको उनको भनाइ छ । ‘सरकारले दुःख पर्दा हेरे अर्थतन्त्र पनि चलायमान हुन्छ,’ उनले भने, ‘व्यवसायीले बैंकको ब्याज भाडा र बत्ती पानीको बिल पनि तिर्न नसक्दा राति निदाउन औषधी खानुपर्छ ।’
सरकार र राष्ट्र बैंकले एक अंकको ब्याज कायम नगरेको र कर्जाको भुक्तानीमा पुनतालिकीकरण गर्नुपर्ने उनीहरुले माग गरेका छन् । यसो नभए सशक्त आन्दोलनको तयारीमा रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
‘कोरोनाले तन्नाम पारेको पर्यटन क्षेत्रमा सरकारलाई एक अंकको ब्याजदर बनाउने र कर्जाको भुक्तानी तालिका असार मसान्तसम्म पुर्नतालिकीकरण गर्नुपर्ने हाम्रो माग हो,’ श्रेष्ठले भने । अघिल्लो वर्ष सरकारले ल्याएका कार्यक्रम पुनकर्जा कोष, पुर्नतालिकीकरण र व्यवसायी निरन्तरता कोष जस्ता सुविधाहरुको समय ३ वर्ष पु¥याउनुपर्ने व्यवसायीहरुको माग छ ।
बैंकले ७ प्रतिशतबाट ब्याजदर बढाएर १४÷१५ प्रतिशत पु¥याएकाले प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र पुनःउत्थान गर्न नसकिएको व्यवसायी कृष्ण भण्डारीले बताए । अन्तर्राष्ट्रिय एयरपोर्टसँग उत्साहित भएर लगानी गरेपनि अहिलेको अप्ठ्यारो परिस्थितिमा अभिभावकत्व दिने कसैले नसकेको उनले सुनाए ।
पोखरा आउने पृथ्वी हाइवेको बाटो निर्माण गर्न ढिलाइ भएका कारणले पनि पोखराको पर्यटन झनझन खस्किँदै गएको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए ।
हानका अध्यक्ष लक्षमण सुवेदले हकुपेन्सी पनि १५÷२० प्रतिशतभन्दा माथि नपुगेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण