काभ्रेमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण देखियो
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण देखिएको छ । तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसैसाता पाँचखाल–३ का ५१ वर्षीया एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
परीक्षणपछि हाल उनी घरमै स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । हाल स्थानीय तहका स्वास्थ्य शाखामार्फत लक्षण तथा बच्ने उपायबारे प्रचार–प्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँले बताए ।
जिल्लामा तीन वर्षपछि पाँचखालमा डेङ्गुको सङ्क्रमण देखिएको थियो । डेङ्गु रोग लाग्ने व्यक्तिलाई अचानक उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विबिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिने सेढाईँको भनाइ छ । जिल्लामा हालसम्म छ सय ८० मा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
कार्यालयका अनुसार जिल्लामा शुक्रबार १८ जनाको कोभिड परीक्षण गर्दा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेढाइँका अनुसार बनेपा नगरपालिका–३, पनौती नपा–२ र नमोबुद्ध नपा–२ मा कोभिड पुष्टि भएको हो । जिल्लामा हालसम्म १८ हजार एक सय ५९ मा कोभिड पुष्टि भएको छ भने एक सय ९६ जनाले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण