बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो ।
बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि उम्मेदवारी दिने तयारी छ । तर कांग्रेसले जसपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ । त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दैछन् ।
लोसपाबाट राजेन्द्र महतो र जनमतबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार तनुहँ १ र चितवन २ मा आफ्नो उम्मेदवार उठाएको कांग्रेसले बारा–२ मा जसपालाई समर्थन गरेको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति
बैठकले चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । चितवन–२ र तनहुँ– १ मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमोर्चा लगायतका दलको समर्थन रहने कांग्रेसले विश्वासको व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर