सुपर ओभरमा श्रीलङ्कासँग हा-यो न्युजिल्याण्ड
अकल्याण्ड । सुपरओभरमा न्युजिल्याण्डलाई हराउँदै श्रीलङ्काले टी–२० शृङ्खलामा विजयी सुरुवात गरेको छ । नियमित ओभरमा दुई टोलीको समान स्कोर भएपछि खेल सुपरओभरमा पुगेको थियो ।
महिश थिकसानाको कसिलो बलिङबीच न्युजिल्याण्डले एक ओभरमा २ विकेटको क्षतिमा ८ रनमात्र बनाउन सक्यो । जवाफमा चारिथ असालांकाले एडम मिल्नेको बलमा एउटा छक्का र चौका हिकाउँदै टोलीलाई जीत दिलाएका हुन् ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । प्लेयर अफ द म्याच घोषित चारिथ असालांकाले ४१ बलमा ६ वटा छक्का र २ चौकाको मद्दतले ६७ रन बनाए । त्यस्तै, कुशल परेराले नटआउट रहँदै ५३ तथा कुशल मेन्डिसले २५ रन बनाए । न्युजिल्याण्डका लागि जेम्स निसमले २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको न्युजिल्याण्डले पनि ८ विकेटको क्षतिमा समान १ सय ९६ रन बनायो । न्युजिल्याण्डका लागि डार्यल मिचेलले ६६ तथा मार्क च्यापम्यानले ३३ रन बनाए । श्रीलङ्काका लागि प्रमोद मधुशांका, वानिन्दु हसारांगा र धनुष शनाकाले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026