ग्लोबल मनी विकमा हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ । ‘ग्लोबल मनी विक २०७९’ का अवसरमा हिमालयन बैंक लिमिटेडले सातै वटा प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको प्रादेशिक कार्यालय र ती प्रदेश भित्रका बैंकका २४ वटा शाखा कार्यालयहरुले कार्यक्रम गरेका हुन् । कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरु, अविभावकहरु, शिक्षकहरु, सामाजिक कार्यकर्ताहरु, व्यवसायीहरु, बंैकका ग्राहकवर्गहरु लगायत सो स्थानका बासिन्दाहरुलाई बंैकिङ्ग बारे ज्ञानवद्र्धक विषयहरुमा जानकारी गराइएको थियो ।
सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बैंकले प्रदान गर्ने विभिन्न सेवा–सुविधाहरु, बैंकिङबारे आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने तरिका, बचत गर्ने बानी सुधार गर्ने तरिका, बंैकले प्रवाह गर्ने विभिन्न कर्जा लगायत सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानूनीरुपमा गरिने रेमिट्यान्सको प्रक्रिया, कानून विपरितको हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान दिइएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण