सिटीसँगको हारपछि लिभरपुलको बसमा इँटा प्रहार
आइतबार, १९ चैत २०७९, १६ : ४२
म्यानचेस्टर । शनिबार भएको खेलमा म्यानचेस्टर सिटीसँगको हारपछि लिभरपुलको टिम चढेको बसमा सम्भावित इँटा प्रहारको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । सिटीसँग ४–१ को लज्जास्पद पराजय बेहोरेर इतिहाद रंगशालाबाट बाहिरिने क्रममा बसमा इँटा प्रहार भएको बताइएको छ ।
घटनामा बसको सिसामा क्षति पुगेको छ । यद्यपि, घटनामा कोही पनि घाइते नभएकाले बसले आफ्नो नियमित यात्रा जारी राखेको थियो । घटनाबारे ग्रेटर म्यानचेस्टर पुलिस (जीएमपी) ले अनुसन्धान सुरु गरेको छ ।
सिटीले एक आधिकारिक वक्तव्य जारी गर्दै घटनाको भर्त्सना गरेको छ भने प्रहरीको अनुसन्धानलाई सहयोग गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण