सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आईएमई बैंकका ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक

आइतबार, १९ चैत २०७९, १६ : ४८
आइतबार, १९ चैत २०७९

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।
बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन– ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । 

यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन् । २०७९ साल चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म विशेष रुपमा चल्ने यस योजनामा प्रति ग्राहक  प्रति दिन एक कारोबारको क्यासब्याकका लागि योग्य हुने बैंकले जनाएको छ ।  
यस योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछ । 

Capture
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप