अवकाशप्राप्त नायब सुब्बाको २ करोड भन्दा बढी अवैध सम्पत्ति फेला, अख्तियारद्वारा मुद्दा दायर
काठमाडौँ । अवकाशप्राप्त नायब सुब्बाको अवैध सम्पत्ति फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भन्सार विभागका तत्कालीन नायव सुब्बा रघुनाथ घिमिरेको दुई करोड चौध लाख छयालीस हजार छ सय सन्ताउन्न रुपैयाँ चौबीस पैसा अवैध सम्पत्ति फेला परेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा पाँच करोड पच्चीस लाख सोह्र हजार तीन सय सत्ताईस रूपैया चवालीस पैसा निजको वैधानिक आय स्रोत खुल्न आएको देखिएको अख्तियारको भनाइ छ । तर, थप दुई करोड चौध लाख छयालीस हजार छ सय सन्ताउन्न रुपैयाँ चौबीस पैसा अवैध पुष्टि भएकाले जफत गर्न माग गरिएको छ ।
यसैगरी घिमिरेले पदको दुरुपयोग गरी कमाएको रकमले श्रीमती शारदा गौतमको नाममा समेत जोडेको पाइएकाले गौतमलाई पनि प्रतिवादी कायम गरी हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिएर आरोपपत्र दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण