बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

ढुङ्गे अड्डाको एसियन फुड स्टोरमा प्रहरीको छापा, ४ जना पक्राउ

कुहिएको केराउ रि–लेवलिङ गरेर बिक्री
आइतबार, १९ चैत २०७९, १७ : ५८
आइतबार, १९ चैत २०७९

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१४ स्थित ढुंगेअड्डामा सञ्चालित ‘एसियन फुड स्टोर’मा प्रहरीले छापा मारेको छ । आर्किड कोलोनीमा रहेको स्टोरमा छापा मारेर म्याद गुज्रिएको हरियो केराउ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।

म्याद गुज्रिएको केराउ ‘रि–लेबलिङ’ गरेको आरोपमा प्रहरीले केराउको कारोबार गर्ने मध्येका रितेश अग्रवालसहित ४ जनालाई पक्राउ गरेको छ । क्यानडामा उत्पादन भएको भनेर आरोपीहरूले म्याद गुज्रिएको हरियो केराउ रि प्याकिङ गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

केराउ कारोबारी मध्येका रोहित अग्रवाल फरार छन् । कारोबारीहरूले रि–लेबलिङ गरेर २४० बोरा केराउ बजारमा पठाउन लागेको भेटिएको छ । स्टोरमा करिब ४५ लाखको म्याद नाघेको केराउ भेटिएको छ । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी

chhapa (15)chhapa (2)chhapa (3)chhapa (4)chhapa (5)chhapa (6)chhapa (7)chhapa (8)chhapa (9)chhapa (10)chhapa (11)chhapa (12)chhapa (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप