सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण गर्न गृहकार्य सुरु
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका छन् । गृहमन्त्री समेत सदस्य रहने समितिको बैठक सोमबार दिउँसो २ बजेदेखि अर्थ मन्त्रालयमा सुरु भएको छ ।
अर्थमन्त्री महतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर नै बैठकमा बोलाएका हुन् । अपेक्षित राजस्व उड्न नसकेपछि समस्या परेको अर्थतन्त्रलाई निकास दिन अर्थमन्त्री डा.महतले सक्रियता देखाएका हुन् । उक्त बैठक अहिले सिंहदरबारमा जारी छ ।
गृहमन्त्री अध्यक्ष रहने राजस्व चुहावट नियन्त्रण समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य रहने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण