मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण गर्न गृहकार्य सुरु

सोमबार, २० चैत २०७९, १५ : ०६
सोमबार, २० चैत २०७९

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका छन् । गृहमन्त्री समेत सदस्य रहने समितिको बैठक सोमबार दिउँसो २ बजेदेखि अर्थ मन्त्रालयमा सुरु भएको छ ।

अर्थमन्त्री महतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी  श्रेष्ठलाई फोन गरेर नै बैठकमा बोलाएका हुन् । अपेक्षित राजस्व उड्न नसकेपछि समस्या परेको अर्थतन्त्रलाई निकास दिन अर्थमन्त्री डा.महतले सक्रियता देखाएका हुन् । उक्त बैठक अहिले सिंहदरबारमा जारी छ ।

गृहमन्त्री अध्यक्ष रहने राजस्व चुहावट नियन्त्रण समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य रहने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप