खैरो हेरोइनसहित युवक पक्राउ
सोमबार, २० चैत २०७९, १७ : १२
काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उप– महानगरपालिका–१२ शितलपुर बस्ने २२ वर्षीय दिपक यादव छन् ।
आरोपीको साथबाट ३ ग्राम ८ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आइतबार साँझ प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका अवस्थामा उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण