खैरो हेरोइनसहित युवक पक्राउ
सोमबार, २० चैत २०७९, १७ : १२

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उप– महानगरपालिका–१२ शितलपुर बस्ने २२ वर्षीय दिपक यादव छन् ।
आरोपीको साथबाट ३ ग्राम ८ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आइतबार साँझ प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका अवस्थामा उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा