‘व्याख्या दुनियाँले गर्छ, मुख्य कुरा बदल्ने हो’
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको अवस्थामा मुख्य कुरा बदल्ने रहेको बताएका छन् । व्याख्या दुनियाँले गर्ने गरेपनि मुख्य कुरा बदल्ने नै रहेको उनको भनाइ छ ।
सोमबार वीरेन्द्रनगरमा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेश सभा सदस्यहरुको भूमिका सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै शर्माले भने,‘ हामी जहाँ छौँ, त्यहीँबाट सुरु गर्ने हो ।’
समाज परिवर्तनका लागि धेरै गर्न बाँकी रहेको बताउँदै शर्माले नीति निर्माण र कार्यान्वयनमा अपनत्वले सही ठाउँमा पु¥याउने बताए । दिगो विकासका सन्दर्भमा शर्माले आर्थिक सम्पन्नता र सामाजिक न्यायको पाटोलाई सही ढंगले अगाडि बढाउन सक्नुपर्ने बताए । ‘कर्णाली गरिबीको रेखानमुनी छ, यसलाई माथि उठाउनुपर्ने छ,’ शर्माले थपे,‘ गरिबीको अन्त्य गर्न अग्रसर हुनुपर्ने छ । त्यसका लागि छलफल, बहस भइरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन पूरै हाबी, अस्ट्रिया विरुद्ध १–० को अग्रता
-
स्पेनले लियो सुरुवाती अग्रता
-
स्पेनले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन्
-
स्पेन र अस्ट्रियाबिचको खेल सुरु, के स्पेनले १६ वर्ष लामो ‘नकआउट’ खडेरी तोड्ला ?
-
युरोपेली डिफेन्डिङ च्याम्पियनलाई अस्ट्रियाको चुनौती
-
पोखराका युवालाई महानगरको ‘युथ एक्सेलेन्स अवार्ड’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण