बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रामकृष्ण ढकालको ‘नदी’ सार्वजनिक

मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत ‘नदी’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ संगीतकार न्यूह बज्राचार्य, पूर्व प्रधान सेनापति प्रज्वल शमशेर जंगबहादुर राणा, सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, सचिव शोभना पौड्याल लगायतले गीत सार्वजनिक गरे ।

सिन्धु राणाको शब्द, हरि लम्सालको संगीत रहेको गीतमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ । सागर ज्ञवालीको निर्देशनमा तयार भिडियोमा गायक रामकृष्ण स्वयंमको अभिनय छ । उनलाई अभिनयमा साथ नव–मोडल पुनम भुषालले दिएका छन् । 
‘नदी’मा आफूलाई हिजोका दिनमा चिनाउने धारको मेलोडिएर गीत भएको बताए ।

‘हिजो आज गीत अलि फाष्ट खालको, नाच्ने खालको बनाउने प्रचलन छ । तर, यो त्यो भन्दा फरक खालको गीत हो’ ढकालले भने, ‘मैले हिजोका दिनमा जुन खालको ट्रेन्ड फ्लो गरेँ र जसरी काम गर्दै आएँ यो मलाई चिनाउने सोही धारको गीत हो ।’ उनले यो जतिबेला सुन्दा पनि आनन्द आउने खालको गीत भएको सुनाए । 

भिडियोको निर्देशन सागर ज्ञवालीले गरेका हुन् । सामान्य तवरबाट निर्माण भएको भिडियोमा नारायण जिसीको छायाँकन, अमृत चापागाईँको सम्पादन छ । गीत गायक ढकालकै अफिसियल युट्युब च्यानलबाट बाहिर ल्याइएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया