सुनको भाउ पुनः १ लाख ९ हजारको विन्दुमा
मङ्गलबार, २१ चैत २०७९, १० : ५५
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ पुनः एक लाख ९ हजार रुपैयाँको विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै एक लाख ९ हजार रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण