जनै र सिन्दूर नदेखिँदा आदिपुरुष विवादमा
मुम्बई । बलिउड फिल्म ‘आदिपुरुष’ पुनः समस्यामा फसेको छ । हालै मात्र फिल्मको नयाँ पोस्टर रिलिज भएको थियो, जुन पोस्टरलाई लिएर विवाद सुरु भएको हो ।
फिल्मका निर्देशक ओम राउत, निर्माता भूषण कुमार र कलाकारविरुद्ध मुम्बईको साकिनाका पुलिस स्टेसनमा उजुरी परेको छ । यो उजुरी सञ्जय दीनानाथ तिवारीले दिएका हुन् । जो आफूलाई सनातन धर्मको प्रचारक मान्छन् । उजुरीमा फिल्मको पोस्टरले हिन्दु धर्मको भावनामाथि ठेस पुर्याएको आरोप लगाइएको छ ।
फिल्मको नयाँ पोस्टरविरुद्ध मुम्बई उच्च अदालतका अधिवक्ता आशीष राय र पङ्कज मिश्रको माध्यमबाट सञ्जयले उजुरी दर्ता गराएका हुन् । ‘फिल्मका निर्माताले हिन्दी धर्मग्रन्थ रामचरितमानसको पात्रलाई अनुचित किसिमले देखाएका छन् ।
फिल्मको नयाँ पोस्टरले हिन्दु धर्म समाजको धार्मिक भावनामाथि आहत गरेको छ । यस कारण भारतीय दण्ड संहिताको धारा २९५(ए), २९८, ५००, ३४ का अनुसार एफआईआर गर्न माग गर्दै यो उजुरी दिइएको छ’, उजुरीमा लेखिएको छ ।
फिल्म हिन्दु धर्मको पवित्र ग्रन्थ रामचरितमानसबाट प्रभावित भएर बनाइए पनि पोस्टरमा पुरुष कलाकारले जनै नलगाएकोमा उजुरीकर्ताको विरोध छ ।
त्यस्तै फिल्मको पोस्टरमा अभिनेता कृति सेननलाई सीताको रुपमा प्रस्तुत गरे पनि उनलाई अविवाहित महिलाजस्तै बिना सिन्दुरमा देखाइएको आरोप छ । उजुरीकर्ताले फिल्मको पोस्टरले सनातन धर्मको अपमान गरेकाले यसले भविष्यमा भारतका विभिन्न राज्यको नीति तथा कानूनका लागि खतरा हुनसक्ने चेतावनी दिएका छन् ।
हालै सार्वजनिक पोस्टरमा प्रभास, कृति सेनन, सनी सिंह र देवदत्तलाई देखाइएको छ । यद्यपि पोस्टरले फ्यानलाई खासै प्रभावित गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण