सिम्रौनगढका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, २२ चैत २०७९, १३ : ४०
काठमाडौँ । सफ्टवेयर खरिद गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासैनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सह–सचिव) भोला दाहालले रातोपाटीलाई बताए ।
आयोगले बुधवार विशेष अदालतमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । आरोपीहरुले सफ्टवेयर खरिद गरेर प्रयोग नै नगरी सरकारी सम्पती बदनियतपूर्वक हानी गरेको आयोगको ठहर छ । आयोगले आरोपीहरुविरुद्ध १ लाख ९९ हजार बिगो कायम गरेर मागदावी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण