अपरेशन विभागको चलखेलका कारण काठमाडौँ–क्यवालालम्पुर चार्टर्ड उडान माग गरिएको हो : निगम
काठमाडौँ । नेपाल वायु सेवा निगमले काठमाडौँ–क्वालालम्पुर नियमित उडान छाडेर चार्टर्ड उडानको माग गर्नाका कारण खोलेको छ ।
काठमाडौँ–क्वालालम्पुर नियमित उडानका लागि नेपाल सरकार र मलेसियन सरकारबीच गत अप्रिल ३, २०१५ मा नै दुईपक्षी सम्झौता भएको थियो ।
तर, पछिल्लो पटक १९ मार्च २०२३ मा मलेसियास्थित नागरिक उड्डयन कार्यालयसँग नियमित उडानका लागि निगमले आवश्यक कागजातसहित समर सेडुल माग गर्दा अप्रेशन विभागले एफएओसी अद्यावधि नभएको जानकारी दिएको निगमको भनाइ छ ।
सोही कारण काठमाडौँ–क्वालालम्पुर उडानमा समस्या नहोस् भन्ने मनसायले नियमित नभए चार्टर्ड उडानको अनुमति दिन अप्रेशन विभागसँग माग गरेको निगमले स्पष्टीकरण दिएको छ ।
काठमाडौँ–क्वालालम्पुर नियमित उडान गर्न सकिने प्राप्त सम्भावना हुँदाहुँदै पनि निगमले चार्टर्ड फ्लाइट माग गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमसँग लिखित स्पष्टीकरण माग गरेको थियो ।
तर, पछिल्लो पटक २८ मार्च २०२३ मा पाएको अन्तिम स्वीकृति अनुसार नै निगमले काठमाडौँ–क्वालालम्पुर नियमित उडान गरिरहेको जनाएको छ ।
यद्यपि, बीचमा अप्रेशन विभाग र मलेसिया स्थित नागरिक उड्डयन प्राधिकरणको स्टेसनको कमी–कमजोरी (बदमासी) का कारण समर सेडूल नपाउँदा चार्टर्ड उडानको माग गर्नुपरेको निगमको भनाइ छ ।
उक्त घटनामा संलग्न अपरेशन विभाग र मलेसिया स्टेसनको जिम्मेवार पदाधिकारीहरुलाई कारबाही समेत गरिएको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण