बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अपरेशन विभागको चलखेलका कारण काठमाडौँ–क्यवालालम्पुर चार्टर्ड उडान माग गरिएको हो : निगम

बुधबार, २२ चैत २०७९, १४ : २९
बुधबार, २२ चैत २०७९

काठमाडौँ । नेपाल वायु सेवा निगमले काठमाडौँ–क्वालालम्पुर नियमित उडान छाडेर चार्टर्ड उडानको माग गर्नाका कारण खोलेको छ । 

काठमाडौँ–क्वालालम्पुर नियमित उडानका लागि नेपाल सरकार र मलेसियन सरकारबीच गत अप्रिल ३, २०१५ मा नै दुईपक्षी सम्झौता भएको थियो । 

तर, पछिल्लो पटक १९ मार्च २०२३ मा मलेसियास्थित नागरिक उड्डयन कार्यालयसँग नियमित उडानका लागि निगमले आवश्यक कागजातसहित समर सेडुल माग गर्दा अप्रेशन विभागले एफएओसी अद्यावधि नभएको जानकारी दिएको निगमको भनाइ छ । 

सोही कारण काठमाडौँ–क्वालालम्पुर उडानमा समस्या नहोस् भन्ने मनसायले नियमित नभए चार्टर्ड उडानको अनुमति दिन अप्रेशन विभागसँग माग गरेको निगमले स्पष्टीकरण दिएको छ । 

काठमाडौँ–क्वालालम्पुर नियमित उडान गर्न सकिने प्राप्त सम्भावना हुँदाहुँदै पनि निगमले चार्टर्ड फ्लाइट माग गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमसँग लिखित स्पष्टीकरण माग गरेको थियो । 

तर, पछिल्लो पटक २८ मार्च २०२३ मा पाएको अन्तिम स्वीकृति अनुसार नै निगमले काठमाडौँ–क्वालालम्पुर नियमित उडान गरिरहेको जनाएको छ । 

यद्यपि, बीचमा अप्रेशन विभाग र मलेसिया स्थित नागरिक उड्डयन प्राधिकरणको स्टेसनको कमी–कमजोरी (बदमासी) का कारण समर सेडूल नपाउँदा चार्टर्ड उडानको माग गर्नुपरेको निगमको भनाइ छ ।

उक्त घटनामा संलग्न अपरेशन विभाग र मलेसिया स्टेसनको जिम्मेवार पदाधिकारीहरुलाई कारबाही समेत गरिएको निगमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप