जालझेल गर्न जान्दिन निष्ठाको राजनीति गर्छु : सर्वेन्द्र खनाल
तनहुँ । तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका सर्वेन्द्र खनालले आफूले जालझेलको राजनीति गर्न नजानेको बताएका छन् । उनले आफ्नो राजनीति देश र जनताको हितका लागि भएको बताए ।
बुधवार प्रेस चौतारी तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘धेरैले मलाई राजनीतिक पृष्ठभूमि छैन, राजनीति गर्न जानेको छैन भन्ने लाञ्छना लगाउँछन्, हो मैले छल र जालको राजनीति गर्न जान्दिनँ । तर राष्ट्रिय हितका लागि राम्रोसँग राजनीति गर्न जानेको छु’, उनले भने ।
आफूसँग ३० वर्ष राष्ट्र सेवकको रूपमा काम गरेको अनुभव रहेको चर्चा गर्दै उनले देशको भ्रष्टाचार र बेथिति नियन्त्रण र न्यूनीकरणमा महत्त्वपूर्ण योगदान गर्न सक्ने दाबी गरे । ‘मेरो उम्मेदवारीमा देश र जनताको सेवा बाहेक अन्य कुनै स्वार्थ छैन, आम नागरिकको मुहारमा खुसी ल्याउने काम मात्र गर्नेछु’ उनले भने ।
राजनीतिको लामो अनुभव नभए पनि मुलुकको कानुनी व्यवस्था र कार्यान्वयनका मामलामा नजिक रहेर काम गरेकाले संसद्को रूपमा प्रभावकारी काम गर्न सक्ने उनले दाबी गरे ।
समृद्धिका लागि सुरक्षित वातावरण अपरिहार्य भएकाले सुरक्षालाई प्रमुख प्राथमिकता दिएर भ्रष्टाचारमा शून्य सहनशीलता र पारदर्शीकालाई अग्र स्थानमा राख्ने उनले प्रतिबद्धता व्यक्त गरे । जनताका समस्यामा भन्दा सत्ता केन्द्रित राजनैतिक प्रवृत्तिले जिल्लाको अपेक्षित विकास नभएको उनले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण