जालझेल गर्न जान्दिन निष्ठाको राजनीति गर्छु : सर्वेन्द्र खनाल

तनहुँ । तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका सर्वेन्द्र खनालले आफूले जालझेलको राजनीति गर्न नजानेको बताएका छन् । उनले आफ्नो राजनीति देश र जनताको हितका लागि भएको बताए ।
बुधवार प्रेस चौतारी तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘धेरैले मलाई राजनीतिक पृष्ठभूमि छैन, राजनीति गर्न जानेको छैन भन्ने लाञ्छना लगाउँछन्, हो मैले छल र जालको राजनीति गर्न जान्दिनँ । तर राष्ट्रिय हितका लागि राम्रोसँग राजनीति गर्न जानेको छु’, उनले भने ।
आफूसँग ३० वर्ष राष्ट्र सेवकको रूपमा काम गरेको अनुभव रहेको चर्चा गर्दै उनले देशको भ्रष्टाचार र बेथिति नियन्त्रण र न्यूनीकरणमा महत्त्वपूर्ण योगदान गर्न सक्ने दाबी गरे । ‘मेरो उम्मेदवारीमा देश र जनताको सेवा बाहेक अन्य कुनै स्वार्थ छैन, आम नागरिकको मुहारमा खुसी ल्याउने काम मात्र गर्नेछु’ उनले भने ।
राजनीतिको लामो अनुभव नभए पनि मुलुकको कानुनी व्यवस्था र कार्यान्वयनका मामलामा नजिक रहेर काम गरेकाले संसद्को रूपमा प्रभावकारी काम गर्न सक्ने उनले दाबी गरे ।
समृद्धिका लागि सुरक्षित वातावरण अपरिहार्य भएकाले सुरक्षालाई प्रमुख प्राथमिकता दिएर भ्रष्टाचारमा शून्य सहनशीलता र पारदर्शीकालाई अग्र स्थानमा राख्ने उनले प्रतिबद्धता व्यक्त गरे । जनताका समस्यामा भन्दा सत्ता केन्द्रित राजनैतिक प्रवृत्तिले जिल्लाको अपेक्षित विकास नभएको उनले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन