शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली ब्लुबुक बनाएर मोटरसाइकल बेच्ने गरेको खुलासा

बुधबार, २२ चैत २०७९, १५ : २३
बुधबार, २२ चैत २०७९

झापा । झापामा नक्कली ब्लुबुक बनाएर चोरीको मोटरसाइकल बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ३ खुदुनाबारीबाट प्रहरीले हल्दिबारी गाउँपालिका वडा नम्बर १ बस्ने ४४ वर्षीय जगत् बहादुर लिम्बुलाई नियन्त्रणमा लिएको हो । 

उनले नक्कली ब्लुबुक बनाइ मोटरसाइकलहरू बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोली नियन्त्रणमा लिन पुगेको थियो । 

सो क्रममा नक्कली ब्लुबुकसहित तीन वटा मोटर साइकल  तथा जगत् बहादुर लिम्बु र कुमार शाक्यको नामको जग्गा खरिद बिक्रीको सम्झौता पत्र बरामद भएको प्रहरीले जनाएको छ । 

अभियुक्तलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप