नक्कली ब्लुबुक बनाएर मोटरसाइकल बेच्ने गरेको खुलासा
बुधबार, २२ चैत २०७९, १५ : २३
झापा । झापामा नक्कली ब्लुबुक बनाएर चोरीको मोटरसाइकल बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ३ खुदुनाबारीबाट प्रहरीले हल्दिबारी गाउँपालिका वडा नम्बर १ बस्ने ४४ वर्षीय जगत् बहादुर लिम्बुलाई नियन्त्रणमा लिएको हो ।
उनले नक्कली ब्लुबुक बनाइ मोटरसाइकलहरू बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोली नियन्त्रणमा लिन पुगेको थियो ।
सो क्रममा नक्कली ब्लुबुकसहित तीन वटा मोटर साइकल तथा जगत् बहादुर लिम्बु र कुमार शाक्यको नामको जग्गा खरिद बिक्रीको सम्झौता पत्र बरामद भएको प्रहरीले जनाएको छ ।
अभियुक्तलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण