ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति हितराज पाण्डेको नियमापत्ति

काठमाडौँ । प्रतिनिधिसभामा बिहीबारबाट आकस्मिक समय लागु गरिएको छ । यो समयमा सांसदहरुले जरुरी घटनाका विषयमा तीन मिनेटभित्र आफ्नो धारणा राख्नुपर्ने हुन्छ ।
आकस्मिक समय लिएर बोलेका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका छन् । कार्यकर्ता भर्ती गर्न र अन्त नअटेका नेतालाई व्यवस्थापन गर्न संघीयता लागु गरिएको शाहीको अभिव्यक्तिप्रति पाण्डेले नियमापत्ति जनाएका हुन् ।
‘संघीयता र प्रदेश दुईवटा कारणले चाहिन्छ, एउटा पहिचानका कारण र अर्को देश ठूलो भएमा चाहिन्छ,’ शाहीले भने, ‘तर, देशमा संघीयता कार्यकर्ता भर्ती गर्ने, काहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’
तर, शाहीको उक्त अभिव्यक्ति संसद्को आकस्मिक समयसँग मेल नखाएको भन्दै माओवादीका प्रमुख सचेतक पाण्डेले नियमापत्ति जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट
-
नेपाल र अजरबैजानबिच राजनीतिक परामर्श बैठक
-
राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस