रुसको काकेससमा तीन प्रहरी मारिए, आठ जना घाइते
मस्को । रुसको उत्तरी काकेससमा आतङ्वाद विरोध अभियानमा तीन जना प्रहरीको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।
निजी घरमा लुकेर बसेका अतिवादीले प्रहरीमाथि गोली चलाउँदा हताहति भएको रुसी समाचार समितिले जनाएका छन् । चेचन्यासँग सीमा जोडिएको इन्गुशेटिया मुसलमानहरूको बाहुल्य भएको गणतन्त्र हो ।
सन् दुई हजारको प्रारम्भतिर सामान्य रहेको उक्त क्षेत्रको शान्तिसुरक्षाको अवस्था विगत केही वर्षयता जटिल बन्दै गएको छ ।
सरकारी सुरक्षाकर्मीले इन्गुशेटिया क्षेत्रको जयजिकोभ युर्ट गाउँमा अभियान जारी राखेका तथा आक्रमणकारीको खोजी गरिरहेका कानुन कार्यान्वयन निकायलाई उद्धृत गर्दै समाचार समितिहरूले बताएका छन् । प्रारम्भमा प्रहरीले उक्त समूहलाई बल प्रयोग नगरी नियन्त्रणमा लिन खोजेको थियो तर अतिवादी समूहले अन्धाधुन्ध गोली चलाउँदा सुरक्षाकर्मीले ज्यान गुमाएका बताइएको छ ।
इन्गुशेटियाको सिमानामा रहेको प्रहरी चौकीमा पनि अतिवादी समूहले आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी दुई जना प्रहरी घाइते भएका छन् ।
शोभियत सङ्घको विघटनपछि उत्तरी काकेसस क्षेत्रमा इस्लामिक अतिवादी समूहहरू सक्रिय छन् । (रासस /एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण