पाकिस्तानको पञ्जाबमा अदालतले तोकिदियो निर्वाचनको मिति

इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार आगामी मे १४ मा निर्वाचन गराउने घोषणा गरेको छ । बुधबार देशको सर्वोच्च अदालतले चुनाव गराउन निर्देशन दिएको थियो ।
सुरक्षा र आर्थिक सङ्कटलाई देखाएर आयोगले यही एप्रिल १० देखि अक्टोबर ८ सम्म निर्वाचन गराउन नसकिने बताएपछि आयोगको उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।
प्रधानन्यायधीश उमर अता बन्दियाल नेतृत्वको तीन सदस्यीय इजलासले पञ्जाबको विधानसभा निर्वाचनको मिति तोकेरै फैसला गरेको हो ।
सर्वोच्च अदालतको निर्णयसँगै आयोगले पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
उम्मेदवारी दर्ता सम्बन्धमा मतदान अधिकृतको निर्णयविरुद्ध अपील गर्ने अन्तिम मिति एप्रिल १० कायम गरिएको छ भने १७ एप्रिल भित्रमा उजुरीको छिनोफानो लगाएर अन्तिम उम्मेदवारको नामावली १८ एप्रिलमा सार्वजनिक गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता