पाकिस्तानको पञ्जाबमा अदालतले तोकिदियो निर्वाचनको मिति
इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार आगामी मे १४ मा निर्वाचन गराउने घोषणा गरेको छ । बुधबार देशको सर्वोच्च अदालतले चुनाव गराउन निर्देशन दिएको थियो ।
सुरक्षा र आर्थिक सङ्कटलाई देखाएर आयोगले यही एप्रिल १० देखि अक्टोबर ८ सम्म निर्वाचन गराउन नसकिने बताएपछि आयोगको उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।
प्रधानन्यायधीश उमर अता बन्दियाल नेतृत्वको तीन सदस्यीय इजलासले पञ्जाबको विधानसभा निर्वाचनको मिति तोकेरै फैसला गरेको हो ।
सर्वोच्च अदालतको निर्णयसँगै आयोगले पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
उम्मेदवारी दर्ता सम्बन्धमा मतदान अधिकृतको निर्णयविरुद्ध अपील गर्ने अन्तिम मिति एप्रिल १० कायम गरिएको छ भने १७ एप्रिल भित्रमा उजुरीको छिनोफानो लगाएर अन्तिम उम्मेदवारको नामावली १८ एप्रिलमा सार्वजनिक गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण