शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा परिसंघको जोड

बिहीबार, २३ चैत २०७९, १९ : २४
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा गतिशीलता ल्याउन निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताएको छ । बिहीबार परिसंघका पदाधिकारीहरूले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग भेटी भौतिक निर्माणका क्षेत्रलाई गतिशीलतला दिन आग्रह गरेको हो । 

परिसंघका कार्यवाहक अध्यक्ष राजकुमार अग्रवालले मागमा आएको उच्च सङ्कुचन, उच्च ब्याजदर, लगानी योग्य पुँजीको अभाव, निर्माण क्षेत्रमा भएको ढिलाइ लगायतका विषयमा मन्त्री ज्वालाको ध्यानाकर्षण गराएका छन् । निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

सोही अवसरमा कार्यवाहक अध्यक्ष अग्रवालले निर्माण क्षेत्रलाई चलायमान बनाउन सकिए मात्र अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने उनले बताए । 

निर्माण क्षेत्रमा दिइनुपर्ने भुक्तानी छिटो निकासा गराउन आग्रह गदै उनले त्यसले बजारमा तरलता बढाउन सहयोग पुर्‍याउने समेत बताए । यस्तै न्यून मूल्यमा बोलकबोल गर्नेलाई परियोजना दिने विषयमा सुधार गर्न, धेरै परियोजनामा बजेट छर्नुभन्दा निश्चित परियोजना समयमै सक्ने गरी अगाडी बढ्नुपर्ने सुझाव समेत मन्त्री ज्वालालाई परिसंघले दिएको छ । 

परिसंघसँगको भेटमा मन्त्री ज्वालाले न्यून मूल्यमा बोलकबोलको विषय विगतमा सुधार गर्न खोजिए पनि प्रभावकारी हुन नसकेको सन्दर्भमा आफु त्यसको सुधारमा लाग्ने प्रतिबद्धता जनाएका छन् । सोही अवसरमा मन्त्री ज्वालाले परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनिमी’ अवधारणाका लागि धन्यवाद समेत दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप