कविता
म पोइट आइडल बन्दिन
शनिबार, २५ चैत २०७९, ०९ : २१
जब अस्तित्वले व्यापार गर्छ
म भित्रको त्यो कविता मर्छ
म कविता बेचेर किन्न सक्दिन
आमाको अस्तित्व सहजै
बिक्रीका वस्तुहरू कविता भन्दिन
अतः म पोइट आइडल बन्दिन ।
आमाले जन्माउने प्रयास मात्रै गर्दा
संसारमा मेरो अस्तित्व रहन्न थियो
प्रयासका धेरै शब्दहरु जुटाएर
हाटबजारमा स्टल थापेपछि
बिक्लान् अराजकता तर गन्दिन
अतः म द पोइट आइडल बन्दिन ।
शासकहरूले कमाउन थाल्दा
व्यापारीहरू झनै गरिब हुन्छन्
राजनीति अर्को व्यवसाय बन्छ
देश बेच्नेहरूकै शैली राखेर
धरातल डुबाउने खाडल खन्दिन
अतः म द पोइट आइडल बन्दिन ।
हेलम्बु–६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण