सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

शनिबार, २५ चैत २०७९, १८ : ५२
शनिबार, २५ चैत २०७९

झापा । झापामा विभिन्न मुद्दामा फरार प्रतिवादीहरू पक्राउ परेका छन्। ठगी, जबरजस्ती करणी र सवारी ज्यान मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने ४१ वर्षीय वेद प्रसाद सेडाई, सोही नगरपालिका-३ बस्ने ३६ वर्षीय नगेन राई र सोही नगरपालिका-७ बस्ने ४५ वर्षीय पवन लिम्बु रहेका छन् । जसमध्ये वेद प्रसादलाई शुक्रबार र नगेन र पवनलाई बिहीबार प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । 

उनीहरूमध्ये वेद प्रसाद सेडाईलाई जिल्ला अदालत झापाको २०६९ चैत २० गतेको फैसलाले ठगी मुद्दामा ५ दिन कैद र १ हजार रुपैयाँ जरिवाना, नगेन राईलाई सोही अदालतको २०६७ फागुन १७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय र पवन लिम्बुलाई सोही अदालतको २०७५ असार ५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद  सजाय ठहर भएको थियो । 

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप