बुर्किना फासोमा दुई चरमपन्थी हमला : ४४ को मृत्यु
उत्तरी बुर्किना फासोमा बिहीबार भएका दुई आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । एक अधिकारीले यी मृत्युको पुष्टि गरेका छन् ।
दुई हमला नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा भएका थिए ।
कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन, तर यस क्षेत्रमा जिहादी हिंसा प्रायः हुने गर्दछ । अधिकारीहरूले यसको लागि ‘सशस्त्र आतङ्कवादी समूह’ लाई दोष दिएका छन् ।
चरमपन्थी सङ्गठन अलकायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थी समूहहरू यस क्षेत्रमा सक्रिय छन् ।
सहेल क्षेत्रका लेफ्टिनेन्ट गभर्नर रोडोल्फो सर्गोले भने, ‘घृणित र बर्बर आक्रमण’ का लागि जिम्मेवार आक्रमणकारीहरूलाई निष्क्रिय पारिएको छ ।’
यस हमलामा थुप्रै गाउँले घाइते भए पनि उनीहरूको सङ्ख्या भने खुल्न सकेको छैन । लेफ्टिनेन्ट गभर्नरले क्षेत्रमा स्थिरता ल्याउन प्रयास भइरहेको बताए ।
गाउँका एक बासिन्दाले एएफपी समाचार एजेन्सीसँगको कुराकानीमा ‘धेरै सङ्ख्यामा आतङ्ककारीहरू गाउँमा प्रवेश गरेको’ र रातभर गोली चलेको बताए ।
उनले भने, ‘शुक्रवार बिहान हामीले धेरै मानिसको मृत्यु भएको देख्यौँ ।’
एएफपीको रिपोर्ट अनुसार यी आक्रमणहरू केही दिन अघि गाईबस्तु चोर्न खोजेका दुई जिहादीहरूलाई मारिएपछि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण