‘गणपति’ को टिजरमा के छ ?
काठमाडौँ । आगामी जेठ ५ गते रिलिज हुने फिल्म ‘गणपति’ को टिजर सार्वजनिक भएको छ । आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक फिल्मले देखाउने टिजरले झल्काएको छ । टिजरमा फिल्मका मुख्य कलाकार मुकुन भुषाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा लगायत देखिएका छन् ।
टिजरमा एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवाअवस्थाको उतारचढावलाई देखाइएको छ । बच्चा जन्मेपछि खुशी मनाउँदै भजनकृतन गरिएको टिजरमा देखाइएको छ भने बाल्यकालको प्रेम र युवाअवस्थाको आक्रोशलाई पनि टिजरमा देख्न सकिन्छ । सबिन अधिकारीले निर्देशन रहेको फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टिकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय छ ।
निर्देशक अधिकारीले यो ‘गणपति’ ले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताए । कोहि व्यक्ति कुनैबेला त्यहि समाजको भगवान बन्ने र उहि व्यक्तिलाई हाम्रै समाजले कसरी नारकीय व्यवहार गर्छ भन्ने फिल्मले देखाएको छ । अभिनेता भुषाल टाइटल क्यारेक्टरमा रहेका छन् । ‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाई छ । तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा छायांकन भएको फिल्म एबिगम्यान फिल्मस्को ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण