बहिनी नाता पर्ने महिलालाई बच्ने तामाङ २५ वर्षपछि पक्राउ
काठमाडौँ । २६ वर्षअघि आफ्नै गाउँकी बहिनी नाता पर्ने महिलालाई भारतको दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने वर्ष ५९ को प्रेम लामा भन्ने ओम बहादुर तामाङ पक्राउ परेका छन् ।
निज तामाङले परिवर्तित ती महिलालाई २०५४ साल भदौ महिनामा पैसा कमाउने काममा लगाइदिन्छु भनी फकाई गाउँबाट काठमाण्डौ हुँदै झुक्याएर दिल्लीस्थित ३ नं. कोठीमा लगेर भारु. ३५,००० मा बेचेका थिए । चार वर्षसम्म वेश्यालयमा नारकीय जीवन बिताएकी पीडितले २०५८ साल भदौ २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा प्रेम लामा विरुद्ध जाहेरी दिएकी थिइन् । तेमाल गाउँपालिका वडा नं. ३ सरमथली घर भएका निज प्रतिवादी तामाङ वारदातकै समयदेखि फरार थिए ।
काभ्रेपलाञ्चोक प्रहरीको पुराना मुद्दा फर्छ्यौट गर्ने विशेष पहलका क्रममा फरार प्रतिवादी तामाङ २०७९ चैत २६ गते काठमाडौं महानगरपालिका वडा नं.१५ भगवानपाउबाट पक्राउ परेका हुन् । पक्राउ परेका तामाङलाई सम्मानित जिल्ला अदालत काभ्रेपालञ्चोकबाट जिउ मास्ने बच्ने (मानव बेचबिखन तथा ओसार पसार) मुद्दा शीर्षकमा पहिलो पटकलाई सात दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण