ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरी कारबाही गर्न सांसद रावलको माग
काठमाडौँ । राष्ट्रियसभाका नेकपा (एमाले)की सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले घुस लिने काममा निलम्बित सांसद श्रेष्ठ मुछिएका हुन÷होइन ? सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरिन् ।
आइतबार (हिजो) सांसद श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड चाहिएको भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग पैसा मागेको अडियो विभिन्न सञ्चार माध्याममा सार्वजनिक भएपछि त्यो सामाजिक सञ्जालमा भईरल भईरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निलम्बन गरी २४ घण्टै स्पष्टीकरण सोधेको छ । सांसद रावलले त्यस्ता घटना सत्य हुन वा होइनन् ? तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताइन् ।
सांसद रावलले सरकारलाई संविधान र कानुन अनुसार अघि बढ्न पनि सचेत गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण