एमालेको प्रश्न : सरकार कसका लागि बनेको हो ?
काठमाडौँ । प्रतिपक्षी दल नेकपा (एमाले)को प्रमुख सचेतक पदम गिरीले सरकार कसको निम्ति बनेको हो भन्दै प्रश्न गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले भने,‘बैंकमा लगानीयोग्य पुँजी दुई खर्बभन्दा बढी छ । तर, हामीलाई ऋण चाहियो भनेर कोही जान सक्ने स्थिति छैन ।'
ब्याज तिरेर व्यवसाय धान्न सक्ने स्थिति नरहेको उनको भनाइ छ । ‘यसतर्फ सरकारले के हेरेर बसेको छ ? यो सरकार कसका निम्ति बनेको हो ?,’ गिरीको प्रश्न छ ।
पैसा नभएको बहानामा कृषि मल वृद्धि गर्न लागेको र किसानलाई गुमराहमा राखेको उनले बताए । सरकारका मान्छे बिचौलियासँग जोडिएकाले कृषि उपजले उचित मूल्य नपाएको उनको दाबी छ ।
उनले अर्थतन्त्रको अवस्था बिग्रिएको भनेर उपप्रधानमन्त्रीले बाहिर बोलेको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीले संसद्मा किन नबोलेको भन्ने प्रश्न गरे ।
प्रधानमन्त्रीले समस्या समाधानका निम्ति केके विकल्प सोचिरहेका छन् भन्दै संसदमा जानकारी गराउनुपर्ने उनले बताए । यस्तै गिरीले प्रतिनिधिसभाको पहिलो बैठक बसेको ९१ दिनमा २१ वटा मात्रै बैठक बसेकोमा सरकारको ध्यानाकर्षण गराए ।
‘पेश भएका विधेयकहरुमाथि सैद्धान्तिक छलफल भए । तर, संसदीय समिति बनाएर अगाडि लैजान सकिरहेका छैनौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण