आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मनोरञ्जन

यस्ता छन् यो वर्ष चर्चामा रहेका फिल्मका ६ गीत

सोमबार, २७ चैत २०७९, १६ : ०१
सोमबार, २७ चैत २०७९

काठमाडौंँ । यो वर्ष रिलिज भएका करिब ४ दर्जन फिल्ममार्फत नेपाली संगीतिक क्षेत्रमा थुप्रै गीतसंगीत भित्रिए । यसरी भित्रिएका कति दर्शकले रुचाए, कति आएगएको कसैले पत्तै पाएन । यो बर्ष सार्वजनिक दर्शकले रुचाएका ६ फिल्म गीत जसको चर्चा यहाँ गर्न खोजिएको छ । 
‘दर्शन सलाम’ 
फिल्म ‘छक्का पन्जा ४’ मा रहेको यो गीत सबैको जिब्रोमा झुन्डिन सफल भयो । दीपकराज गिरी, बेनिषा हमाल, स्वस्तिमा खड्का र राज आचार्य लगायतको नृत्य रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत छ । गीतमा डेविड शंकर र सहिमा श्रेष्ठले स्वर दिएका छन् ।

‘आँखामा सपना केसरी’ 
फिल्म ‘कबड्डी ४’ को यो गीत पनि दर्शकले रुचाएका छन् । राम अविरल विष्टको शब्द रहेको गीतमा स्वर तथा संगीत भने एसडी योगीले दिएका हुन् । भिडियोमा सौगात मल्ल र मिरुना मगरको अभिनय छ । 
 

सिरुपाते जुँगामा’ 
‘छक्का पन्जा ४’ कै यो गीत बाबुल गिरीको स्वर तथा संगीत छ । शंकर अधिकारी घायलको शब्द रहेको गीतमा  ‘सिरुपाते जुँगामा’ दीपकराज गिरी, बेनिषा हमाल लगायतको अभिनय छ ।

‘नाच्न त मन थियो 
फिल्म राधाको यो गीतमा प्रियंका कार्की र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय छ । सज्जा चौलागाईँ र स्वस्तिका ढकालको स्वर रहेको यो गीत शृजना खत्रीले लेखकी हुन्, भने संगीत कालिप्रसाद बास्कोटाले दिएका छन् । 

‘बाबरी रंगमा’ 
फिल्म बाबरीको यो गीत फिल्मका मुख्य कलाकार धिरज मगर र अदीती बुढाथोकी देखिएका थिए । बाबरी फूल नै नचिन्ने दर्शकले समेत यो गीत मार्फत बाबरी चिन्ने मौका पाए । अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर रहेको गीतमा गायक गुरुङकै संगीत छ ।
 

‘आगो बिना बिँडी जल्दैन’ 
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको पिःलम ‘झिँगे दाउ’को गीत ‘आगो बिना बिँडी जल्दैन’ शान्तिश्री परियार तथा प्रविण बेडवालको स्वर छ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध यो गीतमा मुक्त उदासको शब्द छ ।  गीतमा फिल्मका मुख्य केकी अधिकारी, मुकुन भुसाल, आँचल शर्मा तथा कुशल विष्टको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप