यस कारण रोकियो ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन
काठमाडौँ । वैशाख १ मा सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । निर्माण युनिटले फिल्मको सेन्सर नभएको कारण प्रदर्शन रोकिएको बताएको हो ।
फिल्मका कार्यकारी निर्माता भनिएका सञ्जय न्यौपानेविरुद्ध आर्थिक लेनदेनको विषयलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि फिल्म रिलिजमा प्रभावित भएको हो । डीएस डिजिटल र एफडी कम्पनीले न्यौपानेविरुद्ध बोर्डमा उजुरी दिएका थिए । न्यौपानेले डीएस डिजिटललाई ११ लाख र एफडीलाई दुई लाख रुपैयाँ तिर्न बाँकी रहेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भने सेन्सरको कारण फिल्म नरोकिएको बताए । उनले फिल्म सेन्सरका लागि विकास बोर्डले पत्र दिइसकेको स्पष्ट पारे ।
‘नाइँ नभन्नू ल ६’ विकासराज आचार्यले निर्देशन गरेका हुन् । सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको फिल्ममा फिल्ममा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईँटेलका छोरा अथर्वको पनि अभिनय छ । आख्यान फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण