शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

पुँजी बजारले एक वर्षमा गुमायो ९ खर्ब ६० अर्ब

मङ्गलबार, २८ चैत २०७९, १५ : ३६
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । गएको एक वर्षमा पुँजी बजार अर्थात् सेयर बजारले ९ खर्ब ९० अर्ब रुपैयाँ बराबरको लगानी गुमाएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तदेखि चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको एक वर्षको अवधिमा मार्केट क्यापिटलाइजेशन ९ खर्ब ५९ अर्ब ११ करोड रुपैयाँले घटेको हो । 

अघिल्लो वर्षको फागुन मसान्तमा २६ सय ६८.१२ अंकको विन्दुमा नेप्से रहँदा मार्केट क्यापिटलाइजेशन ३७ खर्ब ८२ अर्ब ७९ करोड रुपैयाँ बराबरको रहेको थियो । 

तर, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा नेप्से सूचक १९ सय ५३.०६ अंकको विन्दुमा झर्न पुगेको र मार्केट क्यापिटलाइजेशन २८ खर्ब २३ अर्ब ६८ करोड रुपैयाँमा झरेको बैंकले जनाएको छ । 

२०७९ फागुनमा नेपाल स्टक एक्सचेन्जलिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या२४५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६५ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २२८ रहेको थियो । 

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६४.७प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १३.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.४ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ फागुन मसान्तमा सूचीकृत ७ अर्ब १२ करोड शेयरको चुक्ता मूल्य७ खर्ब १ अर्ब ९९ करोड रहेको जनाएको छ ।

आर्थिक वर्ष २०७९÷८० को ८ महिनामा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको डिबेन्चर १ खर्ब ४५ अर्ब ५ करोड बराबरको साधारण शेयर २५ अर्ब ५९ करोड बराबरको बोनस शेयर, रु.४ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ४ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद शेयरगरी कुल २ खर्ब ४२अर्ब ६९ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर ९ अर्ब ९५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड ५ अर्ब ७६ करोड रुपैयाँ बराबरको साधारण शेयर र ९५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल२७ अर्ब ४६ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप