मिटरब्याज पीडित आफ्नो मागबाट पछि हटेनन्
काठमाडौँ । मिटरब्याज प्रभावित र सरकारबीच मंगलबारको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा पीडितहरुले राखेको नीतिगत विषय समाधानका लागि खेस्रा बनाएर अर्को बैठकमा छलफल गर्नेगरी छलफल टुंगिएको छ ।
मिटरब्याजविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले ६ बुँदे माग राखेका छन् । पीडितहरुले राखेको मागबारे नीतिगत विषमा खेस्रा बनाएर फेरि छलफल गरिने सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीप कुमार कोइरालाले रातोपाटीलाई बताए । आइतबार र सोमबार पनि समस्या समाधानबारे छलफल भएको थियो ।
अदालती प्रक्रियाको विषयमा सरकारी टिमले ‘केही गर्न नसक्ने’ जवाफ दिएका छन् । वार्तामा अदालतको फैसला र मिटरब्याजीको नाममा बनेको लालपुर्जाबारे केही गर्न नसक्ने सरकारी पक्षले बताएका छन् । तर, पीडतहरुले लालपुर्जा फिर्ता नपाएसम्म मधेस नफर्किने अडान लिएका छन् ।
कानुन संशोधनको प्रक्रिया सुरु गर्न र मिटरब्याज समस्या समाधान गर्न बनेको आयोगको कार्यविधि बनाएर काम सुरु गर्न सरकारी पक्ष सहमत भएका छन् ।
‘मन्त्रीपरिषद्ले तत्काल गर्नसक्ने निर्णयबारे पनि खेस्रा बनाउँछौं’ वार्ता टोलीका संयोजक कोइरालाले भन,‘स्थानीय प्रशासनले सक्रियता बढाउनुपर्ने उहाँहरुको कुरा छ, त्यसमा हामी सकारात्मक छौं ।’
समस्याबारे अर्कोदिन फेरि छलफल हुनेछ । सङ्घर्ष समितिका संयोजक अबधेश कुशवाहका अनुसार पीडितले फर्जी लिखत, तमसुक, दृष्टि बन्धक, रजिष्ट्रेशन र चेक मन्त्रिपरिषद्ले खारेज गर्नुपर्ने माग छ । समस्या समाधानका गर्न मंगलबार ४ घण्टा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण