मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

लघुवित्त पीडितहरु वैशाख ५ गतेदेखि आमरण अनसन बस्ने

मङ्गलबार, २८ चैत २०७९, १८ : ३३
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । लघुवित्त पीडितहरुले सरकारसँग न्यायको माग गरेका छन् । उनीहरुले ५८ लाख दिदिबहिनीहरु मर्नु न बाँच्नु भएको बताएका हुन् ।

मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चरणबद्ध आन्दोलनको घोषणा समेत गरेका छन् ।  

लुघुवित्तय संस्थाविरुद्धको संघर्ष समितिले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको छ । त्यस्तै, देशव्यापीरुपमा संघर्षलाई थप आक्रामक गर्ने उनीहरुले बताएका छन् ।  

समितिका अध्यक्ष ज्ञवालीले पीडितहरूको जीवन मर्नु न बाँच्नुको अवस्थामा पुगाएको बताए । उनले न्यायको लागि आफूहरू अन्तिम लडाइँ लडिरहेको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप