भुवन केसीप्रति दीपकराज गिरीको आक्रोश– ‘यो अध्यक्ष आएदेखि जताततै लफडै लफडा’
काठमाडौँ । कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै आक्रोश पोखेका हुन् । बोर्डले सार्वजनिक गरेको फिल्मको आम्दानी रिपोर्ट समेत गलत रहेको धारणा उनको छ ।
उनले लेखेका छन्, ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा.. ।’ बोर्डले बर्ष २०७९ को स्वदेशी र विदेशी गरेर १३२ फिल्मको सूचि हिजो मङ्गलवार सार्वजनिक गरेको थियो । जसमा वर्षभरिमा धेरै कमाउने फिल्मको पहिलो नम्बर ‘कबड्डी ४’ देखिएको छ । फिल्मले २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाएको रिपोटमा उल्लेख छ । फिल्मको टिकट ७ लाख ६६ हजार बिक्री भएको जनाइएको छ ।
दोस्रो नम्बरमा कन्नड फिल्म ‘केजीएफ २’ परेको छ । फिल्मले १९ करोड २९ लाख रुपैयाँ कमाएको छ । यो फिल्मको टिकट ६ लाख ७७ हजार ६ सय ९९ बिक्री भएको रिपोर्टमा उल्लेख छ । त्यस्तै तेस्रोमा नम्बरमा अहिले प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ४’ परेको छ । फिल्मले अहिलेसम्म १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डको रिपोर्टमा उल्लेख छ । फिल्मको टिकट अहिलेसम्म ६ लाख ८ हजार ४ सय २ बिक्री भएको रिपोर्टमा जनाइएको छ । यही रिपोर्ट गलत भएको दीपकराज गिरीको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव