बैंकहरुले ८ महिनामा ३६ खर्ब ९७ अर्ब तरलता सुविधा लिए
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको ८ महिनामा ३६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको तरलता सुविधा उपभोग गरेका छन् । समीक्षा अवधिमा बैंकहरुले केन्द्रीय बैंकबाट रिपोमार्फत ३ खर्ब ७७ अर्ब २७ करोड, सोझै खरिद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २० अर्ब ४९ करोड र ओभरनाइट तरलता सुविधामार्फत ५ खर्ब १५ अर्ब ६७ करोड गरी कुल ३६ खर्ब ९७ अर्ब २८ करोड रुपैयाँ तरलाता सुविधा उपभोग गरेका हुन् ।
यद्यपि, यसैअवधिमा रिभर्स रिपोमार्फत ५ अर्ब तरलता प्रशोचन गरिएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद ५० खर्ब १० अर्ब७६ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब ७० करोड खुद खरिद गरी ४ खर्ब ८२ अर्ब ५३ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २२ करोड खुद खरिद गरी १ खर्ब ४७ अर्ब १४ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८ करोड बिक्री गरी ४ खर्ब १ अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले अमेरिकी डलर ३ अर्ब १० करोड बिक्री गरी ३ खर्ब ७० अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण