आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बक्यौता रकम नलिई स्मार्ट टेलिकमको नवीकरण गर्न लागेको भन्दै एमालेको आपत्ति

बुधबार, २९ चैत २०७९, १४ : ३०
बुधबार, २९ चैत २०७९

काठमाडौँ । नेकपा (एमाले)ले सरकारले अरबौंको बक्यौता रकम समेत नलिई स्मार्ट टेलिकम प्रालिको नवीकरण गर्न लागेको भन्दै आपत्ति जनाएको छ । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नवकिरण गर्दाखेरी लाग्ने करिब २३ अर्ब रुपैयाँ समेत नलिई सो प्रालिको नवीकरण गर्नका लागि १/२ दिन भित्रै मन्त्रीपरिषद्ले निर्णय गर्न लागेको आशंका गर्दै आपत्ति जनाएका हुन् । 

उनले सो काममा ठूलै आर्थिक चलखेल भएको हुन सक्ने जिकिर गर्दै त्यसो नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।  

प्रमुख सचेतक गिरीका अनुसार सो प्रालिले सरकारलाई विभिन्न शीर्षक अन्तरगत करिब ५ अर्ब दस्तुर तिर्न बाँकी छ । नवीकरण शुल्क २३ अर्ब गरेर उसले २८ अर्ब सरकारलाई बुझाउनु पर्ने हुन्छ । तर त्यो दुवै रकम मिनाहा गरी सो प्रालिलाई नवीकरण गराउनका लागि मन्त्रीपरिषद्ले निर्णय गर्ने कुरा सञ्चार माध्यममा आएकाले सरकारको ध्यानाकर्षण गराएको गरीको भनाई थियो । 

प्रमुख सचेतक गिरीले मन्त्री र मन्त्री क्वार्टर ध्याउने र ठूलै आर्थिक चलखेल गरेर सो प्रालिको नवीकरण गर्ने निर्णय गर्न लागेर सरकारले मुलुकको करिब २८ अर्ब बजेट डुबाउन नपाउने बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप