दलपिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्छ : रघुजी पन्त
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले दल पिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक, कर्मचारीको भूमिका रहे पनि अहिलेको अवस्थामा त्यसमा पुनर्विचार गर्नुपर्ने भन्दै दलपिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताए । ‘परिस्थितिले कानुनहरूमा केही परिवर्तन पनि खोज्छ । परिस्थितिले नयाँ कानुन निर्माणको आवश्यकता पनि देखाउँछ’, उनले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक कर्मचारीको ठुलो भूमिका पनि छ । त्यो भूमिकाको हामीले सराहना पनि गर्नुपर्छ । तर अब अहिलेको परिस्थितिमा उहाँहरूले विभिन्न दलगत ट्रेड युनियन कायम राख्ने कुरा कति उपयुक्त हुन्छ भनेर राजनीतिक दलहरूले पनि र मन्त्रीजीले कानुन बनाउँदा पनि सोच्ने अवस्था आयो ।’
उनले कर्मचारीहरूको दलीयकरणले समस्या ल्याएको पनि बताए । ‘चाहे शिक्षक होस् वा कर्मचारी दलपिच्छेका ट्रेड युनियनलाई खारेज गर्नुपर्ने अवस्था छ । किनभने कर्मचारीहरूको दलीय करणले समस्या ल्याएको छ’, पन्तको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण