माधव नेपालको अभिव्यक्तिप्रति एमाले सचिव भट्टराईको आपत्ति

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद् विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद् विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् ।
उनले अध्यक्ष नेपालको बोली शंकास्पद रहेको पनि बताए । उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गरे ।
सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद् विघटन गर्छ भनेर पनि प्रश्न गरे ।
उनले कांग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा कांग्रेस ब्युँझिएको टिप्पणी गरे । उनले कांग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भएपनि कांग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताए ।
सचिव भट्टराईले देशमा तमाम समस्याहरु भएपनि नेपाली कांग्रेस रमिते बनेर बसिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
-
आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य
-
जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ : उपराष्ट्रपति यादव