शोषित उत्पीडित जनताको मुक्तिका लागि उपेन्द्र जित्नैपर्छ : नेता सोनल
बारा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले राष्ट्रिय राजनीतिलाई दिशा दिन र शोषित उत्पीडित जनताको मुक्ति दिलाउन सक्ने नेता उपेन्द्र यादव भएको बताएका छन् । महागढी माई नगरपालिका वडा नम्बर १ बरियापुरमा बुधबार नेपाल सोनार समाज बारा क्षेत्र नम्बर २ द्वारा आयोजित भेटघाट स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सामाजिक रूपमा असङ्गठित रहेकोले विभेदको सिकार रहेको बताउँदै उनले भने ‘राष्ट्रिय राजनीतिलाई दिशा दिनसक्ने तथा शोषित उत्पीडित जनताको मुक्ति दिलाउन उपेन्द्र यादव भारी मतले जित्नैपर्छ ।’
अहिले विपक्षीले बाहिरिया भनेर गरिएको दुष्प्रचारप्रति सचेत रहनुपर्नेमा जोड दिँदै नेता सोनलले मैदानमा रहेका उम्मेदवारहरू नै परीक्षणकालमा रहेकोले उपेन्द्र यादवको सङ्घर्ष, योगदान र प्राप्त उपलब्धीलाई मध्यनजर गर्दै सम्पूर्ण मतदाताले मतदान गर्नुपर्ने बताए । सुनचाँदी ब्यवसाय निक्कै सङ्कटपूर्ण अवस्थामा रहेको चर्चा गर्दै ती समस्याहरु समाधान गर्न आफुले पटक–पटक अवाज उठाउँदै आए पनि केही सहजिकरण गर्ने काम तर भयो तर २१औं शताब्दिमा पनि जात पातको कुरा उठ्नु दुःखद रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै जसपा अध्यक्ष तथा जसपा २ का उम्मेदवार यादवले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र अब यस उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याए । विकासको अभियानलाई अगाडि बढाउनु पर्नेमा जोड दिँदै प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले आफू बाराका जनताको काँधमा काँध मिलाएर विकास अभियानमा जुटिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण