वर्ष २०७९ को अन्तिम दिन चीनबाट ओइरिए पर्यटक, स्वागत गर्न पुगे मन्त्री
काठमाडौँ । वर्ष २०७९ को अन्तिम दिन चीनबाट ठूलो संख्यमा पर्यटकहरु आएका छन् । हिमालय एयरलाइन्सको चार्टर विमानमार्फत १८१ जना चिनियाँ पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीहरुको स्वागतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती विमानस्थल पुगेका थिए । केही साताअघि मात्रै चीनले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेको थियो ।

मन्त्री किरातीले नयाँ वर्षको आगमन संगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट स्वागत गर्न पाएको भन्दै खुसी व्यक्त गरे । ‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो । महामहिम चेन सोङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद’, किरातीले भने ।
किरातीले भोलिदेखि नयाँ वर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदै गएको उल्लेख गर्दै भने, ‘ मलाई विश्वास छ, यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण