युवा सङ्घको अध्यक्षमा थेबे र महासचिवमा पुरी निर्वाचित
काठमाडौँ । नेकपा एमाले निकट युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन भएका छन् । नेपालगन्जमा भएको महाधिवेशनमा सर्वसम्मत रूपमा थेबेको नाम प्रस्ताव भएको युवासंघका इन्चार्ज महेश बस्नेतले जानकारी दिए ।
सङ्घको उपाध्यक्षमा सात जनाको नाम प्रस्ताव भएका छन् । प्रस्तावित नामहरूमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम रहेका छन् । प्रस्तावित नाममा हलले ताली बजाएर सर्वसम्मत अनुमोदन गरेको छ । त्यसैगरी महासचिवमा सुमन पुरी र उपमहासचिवमा दुई जना राजु थापा महेन्द्र गुरुङको नाम अनुमोदन भएको छ ।
त्यसैगरी सचिवतर्फ विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी, कुबेर अधिकारी चयन भएका छन् । त्यसैगरी कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख) राकेश राई निर्वाचित भएका छन् । लेखा आयोगमा सन्तोष चौलागाई, प्रमुख, नानीराम तिवारी, उपप्रमुख र प्रवीण, सचिव
अनुशासन आयोगतर्फ राकेश लामा प्रमुख, दीपेश खड्का उपप्रमुख र सचिवमा राजन नेपाली चयन भएका छन् ।
निर्वाचन आयोगमा बलराम बेलबासे प्रमुख र उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपाली चयन भएका छन् । केन्द्रीय सदस्यहरूको नाम पनि सर्वसम्मत प्रस्ताव गर्ने तयारी रहेको बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण