अस्ट्रेलियामा टिटानस सङ्क्रमणबाट एकजनाको मृत्यु
सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा सन् १९९३ पछि पहिलो पटक टिटानस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । उक्त स्थानमा अन्य तीनवटा टिटानस सङ्क्रमित विरामी भेटिएका छन् ।
न्यु साउथ वेल्सको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सिड्नीकी ८० वर्षीया एक महिलाको गत अप्रिल १ मा टिटानसका कारण मृत्यु भएको हो ।
यस वर्ष न्यू साउथ वेल्समा टिटानसको अन्य दुई सङ्क्रमित भएको सूचनापछि यो घटना सार्वजनिक भएको मन्त्रालयले जनाएको छ ।
सन् २०१९ पछि न्यु साउथ वेल्समा टिटानस सङ्क्रमित भएको यो पहिलो घटना हो भने सन् १९९३ पछि टिटानसका कारण मृत्यु भएको यो पहिलो घटना भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका छन् ।
तीनै घटनामा टिटानस महिलाको तल्लो खुट्टामा लागेको सानो घाउबाट निकालिएको थियो र बगैंचाको माटोले दूषित बनाएका कारण उक्त सङ्क्रमण भएको थियो ।
तीमध्ये दुई जना महिलासँग टिटानस खोपको कुनै रेकर्ड थिएन भने तेस्रो महिलाले ३० वर्षभन्दा पहिले खोप लगाएको बताएकी थिइन् ।
न्यू साउथ वेल्स हेल्थकी सङ्क्रामक रोग निर्देशक क्रिस्टिन सेल्वेले समुदाय, विशेष गरी वृद्ध अस्ट्रेलियालीहरूलाई टिटनेस खोपको साथ अद्यावधिक भएको सुनिश्चित गर्न आग्रह गरेका छन् ।
“टिटानस आजको विश्वमा एक दुर्लभ तर सम्भावित घातक रोग हो । टिटानसविरुद्ध खोप नै सबैभन्दा राम्रो सुरक्षा हो,” सेल्वेले भने ।
उनले भने, “अस्ट्रेलियामा यो रोग प्रायः वृद्धवृद्धा र विशेषगरी महिलामा यो रोग देखा पर्छ । उनीहरूले खोपको मात्रा नपु¥्याएका कारण सङ्क्रमण देखिने गर्छ ।”
टिटानस माटोमा पाइने ब्याक्टेरिया क्लोस्ट्रिडियम टेटानीका कारण हुने गम्भीर रोग हो । ब्याक्टेरियाले घाउमा प्रवेश गरेर विषाक्त पदार्थ उत्पादन गर्न सक्छ, जसको परिणामस्वरूप गम्भीर रोग लाग्न वा मृत्यु हुन सक्छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड एज्ड केयर’का अनुसार टिटानस कुनै पनि उमेरका व्यक्तिमा देखा पर्न सक्छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण