अघिल्लो वर्षको अनुभवबाट शिक्षा लिएर नयाँ वर्षमा मेहनत गरौँ : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विक्रम संवत् २०८० को अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी नयाँ वर्ष २०८० प्रारम्भ भएको अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा गरिबी नेपालको प्रमुख समस्या रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रमुख आवश्यकता रहेको बताएका छन् ।
उनले आफू प्रदेशको विकासमा प्रयत्नशील रहेको बताउँदै नयाँ वर्षको आगमन सँगै सबै नयाँ जोस, नयाँ उमंग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्म क्षेत्रमा जुट्नुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री यादवले गत वर्षको अनुभवलाई शिक्षाको रूपमा ग्रहण गरी नयाँ वर्षमा अझ बढी मेहेनतका साथ कर्म क्षेत्रमा खरो उत्रँदै प्रदेशको समृद्धि र सुशासनका निम्ति खट्न सबैलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण