अघिल्लो वर्षको अनुभवबाट शिक्षा लिएर नयाँ वर्षमा मेहनत गरौँ : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विक्रम संवत् २०८० को अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी नयाँ वर्ष २०८० प्रारम्भ भएको अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा गरिबी नेपालको प्रमुख समस्या रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रमुख आवश्यकता रहेको बताएका छन् ।
उनले आफू प्रदेशको विकासमा प्रयत्नशील रहेको बताउँदै नयाँ वर्षको आगमन सँगै सबै नयाँ जोस, नयाँ उमंग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्म क्षेत्रमा जुट्नुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री यादवले गत वर्षको अनुभवलाई शिक्षाको रूपमा ग्रहण गरी नयाँ वर्षमा अझ बढी मेहेनतका साथ कर्म क्षेत्रमा खरो उत्रँदै प्रदेशको समृद्धि र सुशासनका निम्ति खट्न सबैलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक