हुन्डी कारोबारको कारक महँगो रेमिटेन्स शुल्क हो : महालेखापरीक्षक
काठमाडौँ । हुन्डी कारोबार तथा अनौपचारिक च्यानलमार्फतको विप्रेषण आप्रवाह नरोकिनुमा महँगो रेमिटेन्स शुल्क नै रहेको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ । गन्तव्य मुलुकबाट नेपालमा २०० डलर बराबरको रकम पठाउँदा ४.५ प्रतिशत र ५०० अमेरिकी डर पठाउँदा औसत ३ प्रतिशत शुल्क लाग्ने गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । जसले औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा लाग्ने लागत उच्च रहेकाले हुन्डीलगायत अनौपचारिक माध्यम निरुत्साहित गर्न नसकिएको महालेखापरीक्षकको भनाइ छ ।
पन्ध्रौँ योजना अवधिमा ५५ खर्ब ९२ अर्ब विप्रेषण आप्रवाह हुने अनुमान रहेको पनि आर्थिक वर्ष २०७८/७९ सम्ममा जम्मा २८ खर्ब ४३ अर्ब प्राप्त हुन सकेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । नेपाल जीवनस्तर सर्वेक्षण २०६६/६७ अनुसार वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको ८० प्रतिशत अंश उपभोग्यमा खर्च हुने गरेका कारण विप्रेषण आयबाट पुँजी निर्माणमा न्यून योगदान रहन गएको समेत महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण